|
| |
| |
| ► वाहृय चक्रपथ निर्माण सम्बन्धी अपील |
नेपाल
सरकारद्वारा काठमाडौं उपत्यका भित्र वाहृय चक्रपथ निर्माण
गर्ने कार्यहरु थालनी गराउँदै आएको विषयमा नेवार आदिवासी
जनजाति तथा नेवारहरुको राष्ट्रिय संगठन यस नेवाः देय् दबूको
गम्भीर रुपले ध्यान आकषिर्त भएको छ ।
वाहृय चक्रपथ निर्माणका सम्बन्धमा त्यस क्षेत्रका स्थानिय
आदिवासीहरुले चलाइ आएको विरोधमा यस नेवाः देय् दबू
ऐक्यवद्धता जाहेर गर्दछ ।
नेपाल सरकार पक्ष रहेको अन्तरराष्ट्रिय श्रम संगठनको
आदिवासी जनजातिहरुसंग सम्बन्धित महासन्धि १६९ गत १४
सेप्टेम्बर २००७मा नेपाल सरकारले अनुमोदन गरिसकेको र १४
सेप्टेम्बर २००८ देखि देशको कानुन सरह मान्यता प्राप्त
उक्त महासन्धिको ठाडो उल्लंघन गरी सरकारको एकतर्फी
निर्ण्र्ाााट वाहृय चक्रपथ निर्माण प्रक्रिया अगाडि
बढाएकोमा नेवाः देय् दबू घोर भत्र्सना गर्दछ ।
सुसूचित सहमति बिना उनीहरुलाई आफ्नो आदिभूमिबाट विस्थापित
गराउने यस प्रकारको आयोजनाहरु संचालन नगनर्, नगराउन
सम्बन्धित पक्षसंग जोडदार माग गर्दछ । साथै आदिवासी जनजाति
अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणा पत्र
ग्ल्म्च्क्ष्ए मा नेपाल समेत पक्षधर भैसकेको हुनाले उक्त
घोषणाद्वारा पदत्त आदिवासी अधिकारलाई सुनिश्चित गर्ने काम
गर्न नेपाल सरकारको नैतिक दाियत्व समेत भएको व्यहोरा समेत
हृदयंगम गर्न नेवाः देय् दबू नेपाल सरकारप्रति हार्दिक
अपील गर्दछ ।
नरेश ताम्रकार
अध्यक्ष
नेवाः देय् दबू
चतर्र्थी बछलागाः, ११२९ (१३, मे, २००९) |
|
|
|