PRESS RELEASE
ताम्सालिङ संयुक्त संर्घष्ा समितिद्वारा यही कार्तिक २१ गतेका दिन ताम्सालिङ स्वायत्त राज्यको घोषणा भएको सर्न्दर्भमा यस नेवाः देय् दबू -नेवार राष्ट्रिय संगठन) को गम्भिर ध्यानाकार्षा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भित्र जातीय स्वायत्त राज्य प्राप्त गर्न पाउनु आदिवासीहरुको आफ्नो अधिकार हो । यस मान्यता अर्न्तर्गत रही नेवाः स्वायत्त राज्यको अधिकार प्राप्तिका लागी नेवाः देय् दबू संर्घष्ारत संगठन हो । जातीय स्वायत्त राज्य प्राप्तिको संर्घष्ामा नेपालका आदिवासी जनजातिहरु एकताबद्ध भई अगाडि बढ्नु आजको आवश्यकता हो । नेवाः देय् दबू लगायतका जातिय संस्थाको अग्रसरतामा आदिवासी जनजातिको वृहत मोर्चा गठन भई कार्यरत रहेको वर्तमान पर्रि्रेक्ष्यमा कुनै एकल जातिले अर्को जातिको अस्मितामा आघात पुग्ने गरी गणराज्यको धोषणा गर्दा आपसी जातिय सद्भावमा खलल पर्न जाने र यस्ता क्रियाकलापवाट आदिवासी जनजातीहरुको अधिकारका साथै जातिय स्वायत्त राज्य प्राप्तिका लागि अग्रसर हुने क्रममा एकआपसमा द्वन्द बढ्ने र संघीय तथा जातीय राज्य विरोधीहरुलाई अप्रत्यक्ष फाइदा हुने कार्य कुनै पक्षबाट पनि हुनुहुँदैन । आफ्नो अधिकार सुनिश्चित गर्न अरुको अधिकारको सुनिश्चतामा पनि त्यतिकै ध्यान पुर्याउनु आवश्यक हुन्छ । उक्त घोषणामा उल्लेख गरिएको बुंदा १३ मा जसरी ताम्सालिङ राज्यको प्रादेशिक र सिमाना किटान गर्न खोजिएको छ, त्यसवाट प्रत्यक्षत प्रस्तावित नेवाः स्वायत्त राज्यको सिमाना तथा नेवारहरुको आदिभूमि माथि अतिक्रमण हुन गएको छ, जुन दुःखद छ । यसरी नेवाः स्वायत्त राज्यको सीमानाका सम्वन्धमा अन्य गैर नेवाः समुदायको तर्फाट लाडिन खोज्नु प्रचलित राजनैतिक अभ्यास र अन्तराष्ट्रिय मान्यता विपरित समेत भएकोले त्यस प्रति नेवाः देय् दबू गम्भिर आपत्ति जनाउँदै उक्त घोषणा सच्याउन सम्वन्धित पक्ष संग आग्रह गर्दछ । साथै, राज्य पुनःसंरचनाको आधार ऐतिहासिक, जनसंख्याको वाहुल्यता र निरन्तरताको आधारमा र अन्तरिम संविधानमा व्यवस्था भए अनुसार हुनु पर्ने कुरामा जोड दिंदै प्रादेशिक सीमा वा अन्य विषयमा कुनै किसिमको विवाद रहेमा आपसी संवादको माध्यमवाट समस्या समाधान गर्न तत्पर रहन तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्न र त्यस अर्न्तर्गत जातिय पहिचानका आधारमा स्वायत्त तथा स्वशासनका अधिकार सहितको राज्य निर्माण गर्ने अधिकार प्राप्तिको मूल प्राथमिक संर्घष्ामा घनीभूत हुनका लागि पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौं । नरेश ताम्रकार अध्यक्ष नेवाः देय् दबू कछलागा नवमी, ११३० ११ अक्टोबर, २००९





