प्रेस बिज्ञप्ति (Press Release)
नेवाः देय् दबूको प्रेस विज्ञप्ति ताम्सालिङ संयुक्त संर्घष्ा समितिद्वारा यही कार्तिक २१ गतेका दिन ताम्सालिङ स्वायत्त राज्यको घोषणा भएको सर्न्दर्भमा यस नेवाः देय् दबू -नेवार राष्ट्रिय संगठन) को गम्भिर ध्यानाकार्षा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भित्र जातीय स्वायत्त राज्य प्राप्त गर्न पाउनु आदिवासीहरुको आफ्नो अधिकार हो । यस मान्यता अर्न्तर्गत रही नेवाः स्वायत्त राज्यको अधिकार प्राप्तिका लागी नेवाः देय् दबू संर्घष्ारत संगठन हो । जातीय स्वायत्त राज्य प्राप्तिको संर्घष्ामा नेपालका आदिवासी जनजातिहरु एकताबद्ध भई अगाडि बढ्नु आजको आवश्यकता हो । नेवाः देय् दबू लगायतका जातिय संस्थाको अग्रसरतामा आदिवासी जनजातिको वृहत मोर्चा गठन भई कार्यरत रहेको वर्तमान पर्रि्रेक्ष्यमा कुनै एकल जातिले अर्को जातिको अस्मितामा आघात पुग्ने गरी गणराज्यको धोषणा गर्दा आपसी जातिय सद्भावमा खलल पर्न जाने र यस्ता क्रियाकलापवाट आदिवासी जनजातीहरुको अधिकारका साथै जातिय स्वायत्त राज्य प्राप्तिका लागि अग्रसर हुने क्रममा एकआपसमा द्वन्द बढ्ने र संघीय तथा जातीय राज्य विरोधीहरुलाई अप्रत्यक्ष फाइदा हुने कार्य कुनै पक्षबाट पनि हुनुहुँदैन । आफ्नो अधिकार सुनिश्चित गर्न अरुको अधिकारको सुनिश्चतामा पनि त्यतिकै ध्यान पुर्याउनु आवश्यक हुन्छ । उक्त घोषणामा उल्लेख गरिएको बुंदा १३ मा जसरी ताम्सालिङ राज्यको प्रादेशिक र सिमाना किटान गर्न खोजिएको छ, त्यसवाट प्रत्यक्षत प्रस्तावित नेवाः स्वायत्त राज्यको सिमाना तथा नेवारहरुको आदिभूमि माथि अतिक्रमण हुन गएको छ, जुन दुःखद छ । यसरी नेवाः स्वायत्त राज्यको सीमानाका सम्वन्धमा अन्य गैर नेवाः समुदायको तर्फाट लाडिन खोज्नु प्रचलित राजनैतिक अभ्यास र अन्तराष्ट्रिय मान्यता विपरित समेत भएकोले त्यस प्रति नेवाः देय् दबू गम्भिर आपत्ति जनाउँदै उक्त घोषणा सच्याउन सम्वन्धित पक्ष संग आग्रह गर्दछ । साथै, राज्य पुनःसंरचनाको आधार ऐतिहासिक, जनसंख्याको वाहुल्यता र निरन्तरताको आधारमा र अन्तरिम संविधानमा व्यवस्था भए अनुसार हुनु पर्ने कुरामा जोड दिंदै प्रादेशिक सीमा वा अन्य विषयमा कुनै किसिमको विवाद रहेमा आपसी संवादको माध्यमवाट समस्या समाधान गर्न तत्पर रहन तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्न र त्यस अर्न्तर्गत जातिय पहिचानका आधारमा स्वायत्त तथा स्वशासनका अधिकार सहितको राज्य निर्माण गर्ने अधिकार प्राप्तिको मूल प्राथमिक संर्घष्ामा घनीभूत हुनका लागि पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौं । नरेश ताम्रकार अध्यक्ष नेवाः देय् दबू कछलागा नवमी, ११३० ११ अक्टोबर, २००९
नेपाल संवत् नयाँ वर्षतथा म्हपूजासम्बन्धी पे्रस विज्ञप्ती
आदरणीय पत्रकार मित्रहरु,
नेपाल संवत् ११३० नयाँ वर्षरम्भको भिंतुना !
शुभ दिपावली तथा छठ पर्वको उपलक्षमा हार्दिक शुभकामना !!
नेपाल संवत् नयाँ वर्षो पर्व तथा नेवार समुदायको महान चाड म्हपूजा मनाउने दिनका सम्बन्धमा हाल बजारमा देखिएका थरिथरिका क्यालेण्डर तथा पात्रोहरुका कारण विशेषतः नेवार समुदायबीच अनावश्यक अन्यौलता उत्पन्न हुन गएकोमा नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू गम्भिर चासो व्यक्त गर्दछ । यसै बीच राष्ट्रिय पञ्चाङ्ग निर्ण्ाायक समितिका तर्फाट यसै सम्बन्धमा हालै जारी गरिएको विज्ञप्तिले फेरि अर्को थप भ्रम श्रृजना गराएको छ, त्यस प्रति हाम्रो चर्को असन्तोष रहेकोछ ।
नेवार समुदायबीच निरन्तर चल्दै आएको मान्यता र प्रचलन अनुसार नेपाल संवत्को नयाँ वर्षआरम्भ भएको विहानीको नौलो किरण नउदाएसम्म म्हपूजाको मण्डपमा बस्न मिल्दैन । कात्तिक २ गतेको विहानी पश्चात मात्र यस्तो मुहर्ुत जुडने भएकोले त्यो भन्दा अन्य दिनमा म्हपूजा गर्न नेवारहरुको मान्यता अनुसार उपयुक्त ठानिदैन । यस अतिरिक्त, आफ्नै मौलिक परम्परा तथा रिति अनुसार शक्ति साधना गरिकन मनाइनु पर्ने तिहार, दिपावलीलाई त्रिहारको रुपमा लिइने र यो पर्व तीन दिन लगातारसम्म जारी राखिनु पर्ने तथा तीन दिन भन्दा वढी पनि हुनु नहुने भएकोले यो पर्व शुरु भए पछि बीचको कुनै पनि दिनलाई टूट्को रुपमा खाली राख्न समेत उचित मानिदैन । तर्सथर्, हालसम्म जारी रहेको मान्यता र परम्परा अनुसार सम्पर्ूण्ा नेवार समुदायले कात्तिक १, २ र ३ गते क्रमशः लक्ष्मीपूजा, नेपाल संवत् नयाँ वर्षर म्हपूजा तथा भाइटिका मनाउन देय् दबू स्पष्ट पार्दछ ।
साथै, राष्ट्रिय पञ्चाङ्ग निर्धारण समिति जस्तो जिम्मेवार निकायले विशेषतः नेवारहरुका चाड पर्वका दिनाङ्क सम्बन्धमा सदैव यस्तै द्विविधाजन्य निर्ण्र्ाारु अगाडि ल्याएर जनमानसबीच भ्रम श्रृजना गर्ने जुन गैरजिम्मेवारीपर्ूण्ार् काम गर्दै आइरहेको छ त्यसमा गहिरो खेद प्रकट गर्दछ । नेपाल संवत् तथा चन्द्रमासको आधारमा ऐतिहासिक कालदेखि सांस्कृतिक पर्व मनाउँदै आइरहेका नेवार लगायतका सबै समुदायलाई निरुत्साहित पार्ने नियतबाट सुनियोजित तरीकाले केही पचाङ्ग निर्माताहरुका तर्फभइरहेको यस किसिमका गैरजिम्मेवारी भूमिकामा यो देय् दबूका तर्फाट घोर निन्दा गर्दै आइन्दा उक्त समितिद्वारा नेवार संस्कृति, परम्परा, जात्रा, पर्वका सम्वन्धमा निर्ण्र्ाार्सार्वजनिक गर्न पर्ूव नेवार समुदायका आधिकारिक संस्थासंग औपचारिक सहमति लिइयोस् भनेर सचेत समेत गराइन्छ र उक्त ३ गते भाइ टिकाको दिन र्सार्वजनिक विदा घोषणा होस् भनी अपील गर्दछ ।
नरेश ताम्रकार
अध्यक्ष
नेवाः देय् दबू
११२९ कौलागाः ९





