|
| |
| |
| ► प्रेस
विज्ञप्ति् |
प्रधान
सेनापति रुक्मांगद कटुवालमाथि सरकारले गरेको कारवाही,
राष्ट्रपतिद्वारा सेनापति कटुवाललाई दिएको निर्देशन लगायत
पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेवाः देय् दबूको गम्भीर
ध्यानाकर्षा भएको छ ।
सेनापति माथि
राष्ट्रपतिद्वारा लिएको कदम गम्भीर संवैधानिक त्रुटी भएको,
सेनाद्वारा नागरिक सर्वोच्चताको अवहेलना गरेको तथा सरकारले
सेनापतिमाथि गरेको कारवाही प्रक्रिया राष्ट्रिय सहमतिको
आधारमा हुनुपर्ने, तर नभएको भन्ने हाम्रो निष्कर्षरहेको छ
। राष्ट्रपतिको त्यस गैर संवैधानिक कदमप्रति गम्भीर आपत्ति
जनाई घोर भत्र्सना गर्दछौं ।
संविधान
सभाको निर्वाचन मार्फ नेपाली जनताले बृहत शान्ति सम्झौता
तार्किक निष्कर्षा पुर्याई संघीय लोकतान्त्रिक गणतन्त्र
नेपालका जनताका आकांक्षा अनुरुप संविधान निर्माण गरी दिगो
शान्ति कायम गर्ने जनअभिमत हो, तर पछिल्ला घटनाक्रमले उक्त
जनअभिमतको अवमूल्ययन गरेको छ भन्ने हाम्रो ठहर रहेको छ ।बृहत
शान्ति सम्झौतालाई पर्ूण्ा रुपले पालना गरी दलगत स्वार्थ
भन्दा माथि उठेर जनअभिमतलाई मध्य नजर राखी निर्धारित
समयभित्रै संविधान निर्माण कार्य सम्पन्न गर्न राजनीतिक
दलहरुबीच बृहत राष्ट्रिय सहमति कायम गरी पर्ूण्ा समावेशी
चरित्रको सरकार अविलम्ब निर्माण गर्न नेवारहरुको राष्ट्रिय
संगठन यस नेवाः देय् दबू जोडदार माग गर्दछ ।
नरेश ताम्रकार
अध्यक्ष
नेवाः देय् दबू
११२९ बछलाथ्व, द्वादशी
६ मार्च, २००९ |
|
|
|